प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखा
सम्पर्क
प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखा
इमेलः pisgandaki@gmail.com
मुख्य कार्यहरू
किताबखानाको काम, कर्तव्य र अधिकारः
किताबखानाको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-
(क) कार्यालयको स्वीकृत सङ्गठन संरचना एवं पद दर्ता तथा अद्यावधिक गर्ने,
(ख) कर्मचारीको वैयक्तिक विवरण (सिटरोल) दर्ता तथा अद्यावधिक गर्ने,
( ग ) कर्मचारीको तलबी प्रतिवेदन पारित गर्ने,
(घ) कर्मचारीको अभिलेख व्यवस्थापन गर्ने,
(ङ) कर्मचारीको सम्पत्ति विवरणको अभिलेख राख्ने,
(च) कर्मचारीको अनिवार्य अवकाशको सूचना सम्बन्धी कार्य गर्ने,
(छ) कर्मचारीको उपदान रकम निर्धारण गर्ने,
(ज) कर्मचारीको सञ्चित विदाको रकम निर्धारण गर्ने,
(झ) कर्मचारीको औषधी उपचार खर्च रकम निर्धारण गर्ने,
(ञ) कर्मचारीको अभिलेख व्यवस्थापन, तलवी प्रतिवेदन, सम्पत्ति विवरणको अभिलेख लगायतका विषयमा सूचना सम्प्रेषण र अभिमुखीकरण गर्ने,
(ट) राष्ट्रिय किताबखाना लगायत अन्य निकायसँग समन्वय गर्ने,
(ठ) तलबी प्रतिवेदन सम्बन्धमा आवश्यक राय / निर्देशन दिने,
(ड) प्रचलित कानूनले तोकेका अन्य कार्य गर्ने ।

पुष्पराज पौडेल
शुसील बराल
मधु कुमारी भण्डारी
बद्रीनाथ लामिछाने
नेत्र कुमारी सुवेदी
सुनिल पौडेल
ईश्वर गौतम
रञ्जिता सुवेदी अर्याल