माननीय मुख्यमन्त्री
गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेज्यूको जिवनी
- नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लोकतान्त्रिक आन्दोलनका एक हस्ती हुनुहुन्छ ।
- पिता कृष्णराज र आमा योगेन्द्र कुमारीको कोखबाट २०२१ भदौ ९ गते जन्मिनु भएका पाण्डे विद्यार्थी कालदेखि नेपाली कांग्रेसको भातृसंस्था नेविसंघमा आवद्ध हुनुहुन्थ्यो ।
- २०३७ सालमा अमरज्योति जनता मा.वि.बाट एस.एल.सी. र त्रिचन्द क्याम्पसबाट उहाँले वि.एस.सी. सम्मको अध्ययन पुरा गर्नुभएको छ । उहाँको एक छोरा र श्रीमती हुनुहुन्छ ।
- राजनितिक संघर्षका क्रममा २०४५ साल, शाही शासन २०६१ सालमा गरी झान्डै आठ महिना भन्दा बढी समय उहाँले जेल जिवन बिताउनुभयो ।
- उहाँ पटक-पटक लोकतान्त्रिक आन्दोलनमा हिरासत समेत पर्नुभयो ।
- २०३६ सालमा नेविसंघको सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिनुभएका पाण्डे २०३९ सालमा ने.वि.संघ अस्कल ईकाइ सचिव हुँदै २०४५ सालमा त्रिचन्द्र क्याम्पसको स्व.वि.यु. सभापती निर्वाचित हुनुभयो ।
- २०४९ मा ने.वि.संघ.को केन्द्रीय सदस्य समेत हुनुभएका पाण्डे २०५९ मा नेपाल तरुण दलको महासचिव बन्नुभयो ।
- तीन पटक (२०६७, २०७२, २०७८) नेपाली कांग्रेसको केन्द्रिय सदस्य हुनुभएका पाण्डे २०७४ सालमा राष्ट्रिय सभामा नेपाली कांग्रेसको तर्फ बाट २ वर्ष प्रमुख प्रतिपक्ष दलको नेता हुनुभयो ।
- राष्ट्रिय सभामा रहँदा प्रतिपक्ष दलका नेताको बलियो र प्रभावशाली भुमिका निर्वाह गर्नुभयो । उहाँको भूमिका र कामको पार्टी भित्र, बाहिर पनि प्रशंसा भएको थियो ।
- त्रिभुवन बिश्वविद्यालबाट स्नातक गर्नुभएका पाण्डे सालिन, इमान्दार, प्रखर वक्ता र नतिजामा विश्वास गर्ने नेताको रुप परिचित हुनुहुन्छ ।
- गोरखा क्षेत्र नम्बर २ का लागि संघिय क्षेत्रमा नेपाली कांग्रेसबाट एकल उम्मेदवार सिफारिस हुनुभएका पाण्डे कांग्रेस र माओवादीको चुनावी तालमेल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउने भएपछि गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा २ मा चुनाव लड्नुभएको थियो ।
- गोरखामा उहाँ विवाद रहित, सबैलाई समान व्यवाहार गर्ने, कार्यकर्तासँगै जनताको कुरा सुन्ने, जिल्लाको विकास निर्माण, योजनाका बारेमा केन्द्रिय स्तरमा दाबाब दिने, विकास र समृद्धिमा राजनीतिक प्रतिशोध नराख्ने, अन्य राजनीतिक दलका नेतासँग पनि समभाव कायम गर्ने प्रभावशाली नेताका रुपमा परिचित हुनुहुन्छ ।
- उहाँ अहिले दोस्रो पटक गण्डकी प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ । (पहिलो पटक २०८०/०१।/१५–२०८०।/१२।/२५) र दोस्रोपटक २०८१/०२/१६ देखि हाल सम्म) “आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी” को संकल्प पुरा गर्ने दिशामा उहाँ प्रयत्नशिल हुनुहुन्छ ।