प्रदेश सरकार
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
क्र.स |
कार्यजिम्मेवारी |
1. |
प्रदेश लोकमार्ग सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा र निर्माण, स्तरोन्नति, मर्मत सम्भार, तथ्याङ्क व्यवस्थापन, सडक प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान, यातायात सुरक्षा कार्यान्वयन र नियमन |
2. |
रज्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, सञ्चालन र व्यवस्थापन |
3. |
सडक, निर्माण, मर्मत तथा संभार |
4. |
शहरी विकास |
5. |
जनता आबास |
6. |
झोलुङ्गेपूल |
7. |
प्रदेशस्तरको यातायात सम्बन्धी नीति, कानून, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन अनुसन्धान र नियमन |
8. |
प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, चालक अनुमति पत्र र नवीकरण |
9. |
प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर निर्धारण र अनुगमन तथा नियमन |
10. |
वातावरणमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन |
11. |
प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदुषण नियन्त्रण सम्बन्धी योजना निर्माण र कार्यान्वयन |
12. |
प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
13. |
प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत संभार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन |
14. |
प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन |
15. |
प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन |
16. |
प्रदेशको राजधानी र प्रादेशिक सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण, प्रदेश सरकारका पदाधिकारी र प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको आवास सम्बन्धी व्यवस्था |
17. |
सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन |
प्रदेश सरकार
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय
ईमेल: info@mopid.gandaki.gov.np
वेबसाईट : http://mopid.gandaki.gov.np
माननीय मन्त्री
प्रकाश बहादुर के.सी.
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय