सुरेन्द्रराज पाण्डे
माननीय मुख्यमन्त्रीदेखी सम्म
व्यक्तिगत विवरण | |
नाम | सुरेन्द्रराज पाण्डे |
मोवाइल | - |
ईमेल: | - |
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दल नेता (मुख्यमन्त्री हुँदै) सुरेन्द्रराज पाण्डेको राजनीतिक जीवन: • बुवा कृष्णराज पाण्डे, आमा योगेन्द्रकुमारी पाण्डे । • जन्म २०२१ भदौ ९ गते । • घर गोरखा, पालुङटार नगरपालिका १ खोप्लाङ । • विद्यार्थी हुँदादेखि नै नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा आवद्ध । • २०३७ सालमा अमरज्योति जनता माविबाट एसएससी पास । • २०३६ सालमा नेविसंघ सदस्यता लिएको । • २०३७ सालमा नेविसंघ अस्कल इकाइ सचिव । • २०४५ सालमा त्रिचन्द्र क्याम्पस स्ववियु सभापति । • २०४९ मा नेविसंघ केन्द्रीय सदस्य निर्वाचित भएको । • राजनीतिक संघर्षका क्रममा २०४५ र २०६१ मा गरी ८ महिना जेल बसेको। पटकपटक हिरासतमा बसेको । • २०५९ सालमा तरूण दल महासचिव बनेको । • सुरेन्द्रका एक छोरा र श्रीमती छन् । • लगातार पछिल्लो पटक गरी तीन पटक नेपाली कांग्रेस केन्द्रीय सदस्य । • नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सांसद, संसदीय दल नेता । • २०७४ सालमा राष्ट्रिय सभा सांसद। कांग्रेस तर्फबाट राष्ट्रिय सभामा विपक्षी दल नेता । • २०७९ मंसिर ४ मा गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (ख) बाट प्रदेश सभामा निर्वाचित ।
|