गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

माननीय मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारको शपथ ग्रहण कार्यक्रम सम्पन्न



प्रदेश सरकारको काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन सम्बन्धित विषयमा दक्षता, विज्ञता हासिल गरेका व्यक्तिहरुलाई विज्ञ वा सल्लाहकारको रुपमा नियुक्ति गर्न मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ को दफा १२ बमोजिम विज्ञ वा सल्लाहकार नियुक्ति सम्बन्धमा व्यवस्था गर्न बनेको मापदण्ड २०७५ बमोजिम प्रदेश मन्त्रिपरिषद्को मिति २०७५।५।२७ गते बसेको बैठकको निर्णयअनुसार मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त हुनु भएका कुश्मा नगरपालिका -२ खुर्कोट, पर्वत स्थायी वतन भै बागलुङ नगरपालिका रामरेखा, बागलुङ निवासी श्री गोविन्द बहादुर नेपालीलाई माननीय मुख्यमन्त्रीज्यूबाट आज २०७५।६।७ गते शपथ ग्रहण दिलाउने कार्यक्रम सम्पन्न भयो। निज गोविन्दबहादुर नेपालीको पदभार आजैबाट शुरु भै पदावधी २ वर्षको रहने छ।

Download: माननीय मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारको शपथ ग्रहण कार्यक्रम सम्पन्न