परामर्श सेवा सम्बन्धी सूचना (Standardized Technical Handbook Publication for ICT Operation (Handbook and Validation Workshop))
यस कार्यालय अन्तर्गत संचालित प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रमको तपशील बमोजिमको कार्य गर्न इच्छुक इजाजत प्राप्त परामर्श दाताले रितपूर्वकको सिलबन्दी प्रस्तावपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ। प्रस्तावपत्र सम्बन्धी कागजात यस LINK मार्फत प्राप्त गर्न सकिनेछ । प्रस्तावपत्र छनौट सार्वजनिक खरिद ऐन २०६३ को दफा ३१ को उपदफा ४ (१) क बमोजिम हुनेछ । प्रस्तावपत्र सम्बन्धी कार्यविधि सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ र अन्य प्रचलित कानुन बमोजिम हुनेछ । अन्य जानकारीका लागि यस कार्यालयमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिनेछ ।
