गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

हेलो मुख्यमन्त्री कक्ष सञ्चालन



मिति २०७५।५।४ गते सोमबारदेखि हेलो मुख्यमन्त्री कक्ष सञ्चालनमा आएको छ। यस प्रदेश सरकार अन्तर्गतका विषयवस्तुसँग सम्बन्धित सुझाव, प्रतिक्रिया तथा गुनासोहरुको सुनुवाईका लागि यस कक्षको शुरुवात गरिएको हो ।  नागरिकहरुले कार्यक्रममा आफ्ना सुझा तथा गुनासाहरुलाई यसरी पठाउन सक्नेछनः

  • नेपाल टेलिकमका ग्राहकहरुले टोल फ्रि हटलाईन नम्बर १०९४ मा फोन गरेर,
  • एण्ड्रोइड मोबाइल युजरले Hello CM Android App डाउनलोड गरी सोही मार्फत,
  • हेलो मुख्यमन्त्री कार्यक्रमको वेभसाईट hellocm.gandaki.gov.np मा गएर तथा
  • हेलो मुख्यमन्त्री कार्यक्रमको ईमेल hellocm@gandaki.gov.np मा मेल गरेर ।

उपयुक्त माध्यमबाट प्राप्त नागरिकका सुझाव तथा गुनासाहरुलाई तत्काल सम्बन्धित निकायहरुमा पठाई छिटो भन्दा छिटो सुनुवाई तथा समाधान गरिने छ।

गुनासो गर्ने नागरिकले आफूले गरेको गुनासोमा भएको हरेक कारवाहीको प्रगति हेलो मुख्यमन्त्री कार्यक्रमको वेभसाईट hellocm.gandaki.gov.np मा गएर हेर्न सक्नेछन्।

Download: हेलो मुख्यमन्त्री कक्ष सञ्चालन