
प्रदेश सरकार
आर्थिक मामिला मन्त्रालय
क्र.स |
कार्यजिम्मेवारी |
1. |
प्रदेशको आर्थिक अवस्थाको विश्लेषण तथा आर्थिक नीतिको तर्जुमा, कार्यान्वयन र नियमन |
2. |
प्रदेशस्तरको आर्थिक स्रोतको बाँडफाँड, लगानी प्रक्षेपण र वित्तीय व्यवस्थापन |
3. |
प्रदेशस्तरको वित्त सन्तुलन सम्बन्धी नीति तर्जुमा, कार्यान्वयन र नियमन |
4. |
संघको स्वीकृतिमा वैदेशिक सहयोग, वैदेशिक ऋण र अनुदान प्राप्ती, उपयोग, लेखाङ्कन र प्रतिवेदन |
5. |
प्रदेश स्थित सरकारी सम्पत्तिको एकीकृत विवरण र सरकारी वाँकी रकमको लगत तथा असुल उपर |
6. |
प्रदेश राजस्व सम्बन्धी नीति तथा कानूनको तर्जुमा, कार्यान्यन र नियमन |
7. |
संघीय नीति अनुरुप सहवित्तीयकरण |
8. |
प्रदेश आर्थिक कार्यविधि सम्बन्धी नीति तथा कानूनको निर्माण, कार्यान्वयन र नियमन |
9. |
प्रदेश विनियोजन ऐन तथा प्रदेशको बजेट तर्जुमा, कार्यान्वयन, नियमन र आर्थिक अनुशासन |
10. |
प्रदेश संचित कोषको सञ्चालन तथा व्यवस्थापन र प्रदेश लेखा नियन्त्रण एवं व्यवस्थापन |
11. |
प्रदेश पूरक अनुमान तथा पेश्की खर्च, प्रदेशको उधारो खर्च र प्रदेश आकस्मिक कोष सम्बन्धी |
12. |
प्रदेश सार्वजनिक खर्च सम्बन्धी नीतिको तर्जुमा, कार्यान्वयन र नियमन तथा स्थानीय तह अनुदान |
13. |
प्रदेश सरकारी लगानी र लाभांशको लेखा व्यवस्थापन |
14. |
प्रदेशको विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष र अन्य सरकारी कोष तथा सम्पत्तिको एकीकृत विवरण र आन्तरिक लेखा परीक्षण |
15. |
घर जग्गा रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन शुल्क, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर र दण्ड जरिवाना संकलन,बाँडफाँड र उपयोग सम्बन्धी नीति तथा कानून तर्जुमा, कार्यान्वयन र नियमन |
16. |
संङ्घीय कानून अनुसार प्राकृतिक श्रोतबाट प्राप्त रोयल्टी र शुल्क संकलन, नियमन र हस्तान्तरण |
17. |
प्रदेशको कर प्रणालीको राजश्व चुहावट नियन्त्रण सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
18. |
संघसँगको अन्तरसरकारी वित्तीय सम्पर्क, सम्बन्ध र सहकार्य |
19. |
बीमा र बीमा व्यवसायको सञ्चालन, व्यवस्थापन, प्रवर्द्धन तथा विस्तार र नियमन |
20. |
प्रदेशस्तरका सार्वजनिक संस्थान, वित्तीय संस्था, समिति, प्रतिष्ठान तथा कम्पनी आदिको सञ्चालन, व्यवस्थापन, सुधार र नियमन |
21. |
आर्थिक विकासमा सार्वजनिक, निजी, सहकारी तथा गैरसरकारी क्षेत्रसँगको साझेदारी एवं समन्वय र सहकार्य सम्बन्धी नीति, मापदण्ड र सो सम्बन्धी अन्य कार्य |
22. |
दिगो विकास लक्ष्य अनुसार बजेट कोडिङ्ग, लैङ्गिक बजेट कोडिङ्ग र जलवायु बजेट कोडिङ्ग
|
प्रदेश सरकार
आर्थिक मामिला मन्त्रालय
फोन:
ईमेल: info@moeap.gandaki.gov.np, moeap.gandaki@gmail.com
वेबसाईट : http://moeap.gandaki.gov.np/ne/
माननीय मन्त्री

सिता कुमारी सुन्दास
आर्थिक मामिला मन्त्रालय