गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

तलबी प्रतिवेदन पारित सम्बन्धमा।



चालु आर्थिक बर्ष 2082/83 मा कास्की जिल्ला स्थित प्रदेश कार्यालय तथा सम्बद्ध निकायको तलबी प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखाबाट र अन्य जिल्लाका प्रदेश कार्यालयको हकमा साविक बमोजिम सम्बन्धित जिल्लाको प्रदेश लेखा इकाईबाट पारित हुने मिति 2082।04।29 मा निर्णय भएकाले सम्बन्धीत सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।