गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

पोखरा नेपाल

लोककल्याणकारी विज्ञापनको सूचना पुनः प्रकाशन गरिएको



सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमको लागि सूचिकृत गर्ने प्रयोजनार्थ मिति २०८०।०५।१७ र २०८०।०६।०८ गते सूचना प्रकाशन भएकोमा केही सञ्चार माध्यमहरु अझै छुटेका र लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि २०७९ संशोधन भएकोले संशोधित गण्डकी प्रदेश लोककल्याणकारी विज्ञापन वितरण कार्यविधि २०८० (पहिलो संशोधन) को अनुसूची-२ को ढाँचामा छुटेका सञ्चारमाध्यमहरुले ७(सात) दिन भित्र दरखास्त पेश गर्न यो सूचना पुनः प्रकाशन गरिएको छ।

दरखास्त यस कार्यालयको इमेल lkb.molcpa.gandaki@gmail.com मार्फत वा सोझै कार्यालयको प्रदेश किताबखाना तथा सञ्चार समन्वय शाखामा पेश गर्न सकिने।

 

Download: लोककल्याणकारी विज्ञापनको सूचना पुनः प्रकाशन गरिएको