Ministry of Social Development

ocmcm logo Provincial Government
Ministry of Social Development
Gandaki Province, Pokhara Nepal

Work Area

Contact

Provincial Government

Ministry of Social Development

Gandaki Province, Pokhara Nepal

Phone: 061-467914

E-Mail: info@mosd.p4.gov.np

Website : http://mosd.p4.gov.np

Hon'ble Minister

Nardevi Pun Magar

Ministry of Social Development

Myagdi

संक्षिप्त व्यत्तिगत विवरण

माननीय सामाजिक विकास मन्त्री,  नरदेवी पुन मगर बि.सं. २०२५/०९/२० मा मंगला गाउँपालिका-१, कुहु, भर्जुलामा जन्मिनु भएकी मन्त्री पुन १६ वर्षको  कलिलो  उमेरदेखि राजनीतिक जीवनको आरम्भ गर्नु भयो। उहाँले राजनीतिक आन्दोलनको विभिन्न उकालीओरालीहरु पार गर्दै अगाडी बढ्ने क्रममा  तत्कालिन पंचायती शासकले  दुःख  दिन खोजे  तर अर्ध भूमिगत  भएर छलिनो भयो। यसै क्रममा वि.स. २०५६ सालको संसदीय चुनावमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी  (एमाले) को निर्देशन अनुसार स्थायी शिक्षण पेशा छोडेर प्रतिनिधि सभा सदस्यका लागि  म्याग्दी जिल्ला बाट चुनावमा प्रतिस्पर्दा गर्नु भयो  । चुनाबमा असफल भएपनि उहाँले आफ्नो राजनीतिक यात्रा लाई बिश्राम दिन चाहानु भएन र लगातार राजनीतिक यात्रामा अझै  प्रखर रुपमा अगाडि बढ्दै जानु भयो। यसै क्रममा उहाँलाई पार्टीले २०६४ सालको संविधान सभाको  चुनावमा पुनः उम्मेदवारी दिन लगायो। तर, यस पटक पनि उहाँले असफलता व्यहोर्नु पर्‍यो। तर पनि उहाँले हार खानु भएन।उहाँले आफ्नो अध्ययन  र राजनीतिकलाई  अझै जुझारु  रुपमा अगाडी बढाउदै लैजानु भयो। संविधान सभाको दोश्रो निर्वाचन २०७० साल सम्म आईपुग्दा उहाँले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सामानुपातिक तर्फ बाट सभासदमा चुनिनु भयो। शैक्षिक हिसाबले राजनीतिकशास्त्र र समाजशास्त्र गरी दुई विधामा स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नु भयो।

बि.सं २०७२ साल मा गठित के.पी. शर्मा ओली नेतृत्वको सरकार ले उहाँलाई पशुपछीं विकास मन्त्रालयको राज्यमन्त्रीको रुपमा काम गर्ने जिम्मेवारी प्रदान गर्‍यो।उहाँले उक्तपदमा करीब ७ महिना आफ्नो कार्यकुशलताको प्रदर्शन गर्ने अबसर पनि पाउनु भयो।

यसै सन्दर्भमा २०७४ को संसदीय चुनावमा उहाँलाई वाम गठबन्धन को तर्फबाट म्याग्दी जिल्ला निर्वाचन क्षेत्र “ख” बाट प्रदेश सभाको प्रत्यक्ष उम्मेदवारको  रुपमा प्रतिष्पर्धी बनायो। यस पटक भने उहाँले विजया हासिल गर्नु भयो।प्रदेश नं. ४ का मा. मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ्ग नेतृत्वको प्रदेश सरकारले उहाँलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी सुम्पियो। उहाँको उच्च मनोवल, राजनीतिक ईच्छा शक्ति र समाज रुपान्तरणको एक दृढ योद्दा भएको कारण मन्त्रालयले हाल तीब्र गतिमा आफ्ना जिम्मेवारीहरु लाई एकीकृत रुपमा अगाडी बढाई रहेको छ।