
भौतिक पूर्वाधार विकास मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
कार्यक्षेत्र
सि.नं. | कार्य जिम्मेवारीहरू |
१ | प्रदेशस्तरको उर्जा, विद्युत, सिंचाई, खानेपानी, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापन सम्वन्धी अध्ययन अनुसन्धान, नीति, कानुन, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण, कार्यान्वयन, सञ्चालन, मर्मत संभार, समन्वय र नियमन |
२ | प्रदेशस्तरमा उर्जा, विद्युत, सिंचाई तथा खानेपानी सम्वन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन |
३ | उर्जा, विद्युत, सिंचाई सेवा बिस्तारमा निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड निर्धारण र नियमन |
४ | राष्ट्रिय जलस्रोत नीति र संघीय योजना बमोजिम प्रदेश सीमा नदीका जलउपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण, संचालन, सम्भार र व्यवस्थापन |
५ | प्रदेशभित्रको जलश्रोत उपयोग तथा नदी संरक्षण सम्बन्धी योजना तथा गुरु योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मुल्याङ्कन |
६ | प्रदेशभित्रको जलस्रोत उपयोग हुने आयोजनाहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र सञ्चालनमा समन्वय |
७ | प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग नीतिको तर्जुमा तथा कार्यान्वयन, प्रविधि विकास र व्यवस्थापन |
८ | मौसम र जलमापन सञ्चार सञ्जाल व्यवस्थापन |
९ | जलगुण तथा वायूगुण सम्बन्धी प्रयोगशाला व्यवस्थापन |
१० | प्रदेशस्तरको यातायात सम्बन्धी नीति, कानून, मापदण्ड र योजनाको तर्जुमा तथा कार्यान्वयन, अध्ययन अनुसन्धान र नियमन |
११ | प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, चालक अनुमति र नवीकरण |
१२ | प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर निर्धारण र अनुगमन तथा नियमन |
१३ | वातावरणमैत्री, अपाङ्गतामैत्री र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन |
१४ | प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदुषण नियन्त्रण सम्बन्धी योजना निर्माण र कार्यान्वयन |
१५ | रज्जुमार्ग, जलमार्ग लगायतका वैकल्पिक यातायात प्रविधिको प्रवर्द्धन, सम्भाव्यता अध्ययन, आयोजना कार्यान्वयन, सञ्चालन र व्यवस्थापन |
१६ | प्रदेश लोकमार्ग सम्बन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा र निर्माण, स्तरोन्नति, मर्मत सम्भार, तथ्याङ्क व्यवस्थापन, सडक प्रविधि सम्बन्धी अध्ययन अनुसन्धान, यातायात सुरक्षा, कार्यान्वयन र नियमन |
१७ | प्रदेशस्तरका सरकारी कार्यालयहरुको भौतिक व्यवस्थापन र निर्माण सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
१८ | प्रदेशभित्रको सहरी विकास योजना तर्जुमा, सहरी पूर्वाधार निर्माण, सञ्चालन, मर्मत संभार र आवास तथा भवन सम्बन्धी योजनाहरुको कार्यान्वयन र मार्ग निर्देशन |
१९ | प्रदेशभित्र उपयुक्त भवन निर्माण प्रविधिको प्रवर्द्धन |
२० | प्रदेशस्तरमा राष्ट्रिय भवन संहिताको कार्यान्वयन र नियमन |
२१ | प्रदेशको राजधानी र प्रादेशिक सहरको विकास, योजना तर्जुमा, कार्यान्वयन, संयोजन र पूर्वाधार निर्माण, प्रदेश सरकारका पदाधिकारी र प्रदेश सभाका सभामुख, उपसभामुख र सदस्यको आवास सम्बन्धी व्यवस्था |
२२ | सुरक्षित बसोवास र जग्गा एकीकरण सम्बन्धी नीति तर्जुमा र कार्यान्वयन |
२३ | प्रदेशस्तरको खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धी प्रदेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क निर्धारण, योजना, आयोजना कार्यान्वयन तथा सञ्चालन, संभार र नियमन |
२४ | खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
२५ | सर्वसाधारणलाइ स्वच्छ खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडीएका वर्गको पहुँच सुनिश्चितता |
२६ | खानेपानीको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा निर्माण एवं गुणस्तरको मापदण्ड निर्धारण र कार्यान्वयन |
सम्पर्क
प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
ईमेल: info@mopid.gandaki.gov.np
वेबसाईट : http://mopid.gandaki.gov.np
माननीय मन्त्री

रामशरण बस्नेत
भौतिक पूर्वाधार विकास मन्त्रालय
गोरखा