
आन्तरिक मामिला मन्त्रालय
गण्डकी प्रदेश, पोखरा नेपाल
कार्यक्षेत्र
क्र.स. |
कार्यजिम्मेवारी |
1. |
प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था
सम्बन्धी नीति, कानून, मापदण्ड
र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना
संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसँगको समन्वय र सहकार्य |
2. |
अति विशिष्ट व्यक्ति, महत्वपूर्ण
भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा |
3. |
संघीय र प्रदेश सुरक्षा निकायसँगको
सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय |
4. |
प्रदेश प्रहरी सम्बन्धी कानून तर्जुमा, प्रदेश
प्रहरीको सञ्चालन, व्यवस्थापन र नियमन |
5. |
प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना
संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय |
6. |
सामुदायिक प्रहरी |
7. |
प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक
व्यवस्थापन |
8. |
अन्तराष्ट्रिय सीमा क्षेत्रमा हुने
अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा
अन्तराष्ट्रिय सीमा सुरक्षामा सहयोग |
9. |
संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजना
तथा विष्फोटक पदार्थको नियमन |
10. |
स्थानीय प्रशासनको सञ्चालन, व्यवस्थापन
र समन्वय |
11. |
निवारक नजरवन्द र स्थानहद सम्बन्धी |
12. |
उपाधी, सम्मान
तथा विभूषण सिफारिस |
13. |
प्रदेश स्तरमा सार्बजानिक बिदा, उत्सव, उर्दि
आदिको व्यवस्थापन |
14. |
विपद व्यवस्थापन, जोखिम
न्यूनीकरण र विपद प्रतिकार्य, प्रदेश विपद व्यवस्थापन कोष
स्थापना र संञ्चालन, स्थानीय विपद कोषमा सहयोग, तथ्याङ्क
ब्यवस्थापन, अध्ययन तथा अनुसन्धान, विपद जोखिम
क्षेत्र नक्साङ्कन र बस्ती स्थानान्तरण सम्बन्धी प्रदेशको नीति, कानून, मापदण्ड
र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
15. |
प्रदेश अनुसन्धान व्युरो |
16. |
प्रादेशिक कारागार तथा हिरासतको
व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरुको मानव अधिकारको
संरक्षण र एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा
वा कैदीको स्थानान्तरण सम्बन्धी |
17. |
प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन
तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनस्थापना सम्बन्धी |
सम्पर्क
प्रदेश सरकार
आन्तरिक मामिला मन्त्रालय
गण्डकी प्रदेश, पोखरा नेपाल
माननीय मन्त्री

डोबाटे विश्वकर्मा
आन्तरिक मामिला मन्त्रालय
ब्यास नगरपालिका वडा नं.-२, तनहुँ