
आन्तरिक मामिला तथा कानून मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
कार्यक्षेत्र
सि.नं. | कार्य जिम्मेवारीहरू |
१ | प्रदेश शान्ति सुरक्षा र सुव्यवस्था सम्बन्धी नीति, कानून, मापदण्ड र योजना तर्जुमा तथा कार्यान्वयन, नियमन, सूचना संकलन, मूल्याङ्कन र प्रतिवेदन तथा संघसंगको समन्वय र सहकार्य |
२ | अतिविशिष्ट व्यक्ति, महत्वपूर्ण भौतिक संरचना, संवेदनशील सार्वजनिक स्थल तथा समारोहको सुरक्षा |
३ | संघीय र प्रदेश सुरक्षा निकायसंगको सम्पर्क, सम्बन्ध, सूचना आदान प्रदान र समन्वय |
४ | संघीय कानून बमोजिम प्रदेश प्रहरी संचालन, व्यवस्थापन र नियमन |
५ | प्रदेशभित्रको अपराध अनुसन्धान, सूचना संकलन, रोकथाम, नियन्त्रण तथा समन्वय |
६ | प्रदेशसभामा पेश हुने बिधेयक तर्जुमा र प्रमाणीकरण सम्वन्धी |
७ | कानून, न्याय तथा प्रदेश सभा मामिला सम्वन्धी |
८ | अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा हुने अपराध र गतिविधिको सूचना संकलन, विश्लेषण र उपयोग तथा अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सहयोग |
९ | आधारभूत मानव अधिकारको संरक्षण, नागरिक स्वतन्त्रताको रक्षा तथा प्रबर्द्धनमा सहयोग |
१० | प्रादेशिक कारागार तथा हिरासतको व्यवस्थापन र सुरक्षा, थुनुवा तथा कैदीहरूको मानव अधिकारको संरक्षण र एकप्रदेशबाट अर्को प्रदेशमा अभियुक्त, थुनुवा वा कैदीको स्थानान्तरण सम्बन्धी |
११ | सामुदायिक प्रहरी |
१२ | प्रदेशभित्रको सडक सुरक्षा र ट्राफिक व्यवस्थापन |
१३ | प्रदेशभित्र न्यायिक र अर्ध न्यायिक निकायले गरेका फैसला कार्यान्वयन |
१४ | प्रदेशभित्रका गैरसरकारी संघ, संस्थाहरुको अभिलेख र समन्वय |
१५ | गुनासो र विवाद व्यवस्थापन |
१६ | संघीय मापदण्ड बमोजिम हातहतियार, खरखजाना तथा विष्फोटक पदार्थको नियमन |
१७ | फौजदारी कार्यविधि कानूनको कार्यान्वयन |
१७ | अपराध तथा यातना पीडितको पुनर्स्थापना र क्षतिपूर्ति |
१९ | निवारक नजरबन्द र स्थानहद सम्बन्धी |
२० | अन्तरप्रदेश सम्बन्ध |
२१ | सरकारी प्रयोजनका लागि जग्गा अधिग्रहण तथा सम्पत्ति प्राप्ति सम्बन्धी प्रादेशिक नीति तथा कानुन तर्जुमा, कार्यान्वयन र नियमन तथा जग्गा विवाद समाधान |
२२ | स्थानीय प्रशासनको सन्चालन, व्यवस्थापन र समन्वय |
२३ | पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन |
२४ | विपद व्यवस्थापन, जोखिम न्यूनीकरण र विपद् प्रतिकार्य, प्रादेशिक विपद् कोष स्थापना र संचालन, स्थानीय विपद् कोषमा सहयोग, तथ्याङ्क व्यवस्थापन र अध्ययन तथा अनुसन्धान, विपद् जोखिम क्षेत्र नक्शाँकन र बस्ती स्थानान्तरण सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र योजना तर्जुमा, कार्यान्वयन र नियमन |
२५ | उपाधि,सम्मान तथा विभूषणको सिफारिस |
२६ | प्रदेशस्तरमा सार्वजनिक बिदा, उत्सव, उर्दी आादिको व्यवस्थापन |
२७ | प्रदेशस्तरमा दिगो शान्ति व्यवस्थापन तथा द्वन्द्वबाट पीडित तथा विस्थापित व्यक्तिको पुनस्थापन सम्वन्धी |
२८ | सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्ति सम्वन्धी |
२९ | प्रदेशस्तरको विद्युतीय संचार माध्यम संचालन सम्बन्धी नीति, कानून र मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन तथा अनुमति, इजाजत र नवीकरण |
३० | प्रदेशस्तरमा तारयुक्त र ताररहित ब्रोडब्याण्ड पूर्वाधारको विकास, व्यवस्थापन र नियमन |
३१ | प्रदेशस्तरमा सूचना प्रविधिको प्रवर्धन, सूचना प्रविधि पार्कको निर्माण, सञ्चालन र नियमन |
३२ | प्रदेशभित्र टेलिसेन्टर संचालन, व्यवस्थापन र नियमन |
३३ | प्रदेशस्तरका इन्टरनेट सेवा र अनलाइन तथा अन्य प्रविधिमा आधारित संचार माध्यमको दर्ता, अभिलेख, अनुमति, नविकरण, अनुगमन र नियमन |
३४ | साइवर सुरक्षा अनुगमन |
३५ | छापासंचार माध्यमको दर्ता, अनुमति, आचार संहिता निर्धारण र अनुगमन, अभिलेखाङ्कन, बर्गीकरण, सञ्चालन र नियमन |
३६ | प्रेस सूचना प्रवाह, सूचना सामग्रीको उत्पादन, प्रकाशन र वितरण |
३७ | श्रमजीवि सञ्चारकर्मीहरुको न्यूनतम पारिश्रमिक अनुगमन |
३८ | प्रदेशस्तरीय प्रेस रजिष्ट्रार सम्बन्धी |
३९ | केबुल वितरणको इजाजत, नवीकरण र नियमन |
४० | सूचनाको हक सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन |
४१ | चलचित्र निर्माण, हल संचालन तथा प्रदर्शन अनुमति र नियमन |
सम्पर्क
प्रदेश सरकार
आन्तरिक मामिला तथा कानून मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
ईमेल: info@moial.gandaki.gov.np, moialp4@gmail.com
वेबसाईट : http://moial.gandaki.gov.np/
माननीय मन्त्री

हरि बहादुर चुमान
आन्तरिक मामिला तथा कानून मन्त्रालय
आँबुखैरेनी, तनहुँ
१. व्यक्तिगत विवरण | |
नाम | हरि बहादुर चुमान |
जन्ममिति | २०१९।११।३ |
जन्म स्थान | आँवूखैरेनी गा.पा.वडा नं. २, ढकालटार |
बुबा | स्व. लिला बहादुर चुमान |
आमा | महंभ माया चुमान |
ईमेल | hari.chuman@yahoo.com |
पार्टी जीवन | |
ने.क.पा.(माओवादी केन्द्र) का केन्द्रीय सचिवालय सदस्य २०५८ साल भाद्र २ मा तनहूँ जिल्ला जनसरकार प्रमुख २०३६ साल मंसीरमा ने.क.पा.(चौ.म.) बाट पार्टी सदस्यता प्राप्त |