
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
कार्यक्षेत्र
क्र.स |
कार्यजिम्मेवारी |
1. |
प्रदेशस्तरको उर्जा, विद्युत, सिंचाई,
खानेपानी, जल उत्पन्न प्रकोप (नदी तथा पहिरो) व्यवस्थापन सम्बन्धी अध्ययन
अनुसन्धान, नीति, कानून, मापदण्ड, गुरुयोजना, योजना तथा आयोजना निर्माण,
कार्यान्वयन, सञ्चालन, मर्मत संभार, समन्वय र नियमन |
2. |
प्रदेशस्तरमा उर्जा, विद्युत, सिंचाई
तथा खानेपानी सम्बन्धी सेवाको गुणस्तर र सेवा शुल्कको आधार निर्धारण र नियमन |
3. |
उर्जा, विद्युत, सिंचाई सेवा विस्तारमा
निजी क्षेत्रको सहभागिता र लगानी प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड निर्धारण
र नियमन |
4. |
राष्ट्रिय जलस्रोत नीति र संघीय योजना
बमोजिम प्रदेशका नदी तथा सीमा नदीका जलउपयोग सम्बन्धी आयोजनाको पहिचान, निर्माण,
सञ्लान, सम्भार र व्यवस्थापन |
5. |
प्रदेशभित्रको जलस्रोत उपयोग तथा नदी
संरक्षण सम्बन्धी योजना तथा गुरु योजना तर्जुमा, कार्यान्वयन र अनुगमन तथा मूल्याङ्कन |
6. |
प्रदेशभित्रको जलस्रोत उपयोग हुने
आयोजनाहरुको अध्ययन, सर्वेक्षण, तयारी, कार्यान्वयन, अनुगमन र सञ्चालनमा समन्वय |
7. |
प्रदेशस्तरमा जलाधार संरक्षण तथा जलउपयोग
नीतिको तर्जुमा तथा कार्यान्वयन, प्रविधि विकास र व्यवस्थापन |
8. |
मौसम र जलमापन सञ्चार सञ्जाल व्यवस्थापन |
9. |
जलगुण तथा वायुगुण सम्बन्धी प्रयोगशाला
व्यवस्थापन |
10. |
प्रदेशस्तरको खानेपानी सरसफाइ
तथा स्वच्छता सम्बन्धी प्रदेशिक नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयन, सेवाको शुल्क
निर्धारण, योजना, आयोजना
कार्यान्वयन तथा सञ्चालन, संभार र नियमन |
11. |
खानेपानी तथा सरसफाइ सेवा विस्तारमा निजी
क्षेत्रको सहभागिता प्रवर्द्धन सम्बन्धी नीति तथा मापदण्ड
तर्जुमा, कार्यान्वयन र
नियमन |
12. |
सर्वसाधारणलाइ स्वच्छ
खानेपानीको उपलब्धता र खानेपानी, सरसफाइ तथा स्वच्छतामा पिछडीएका वर्गको पहुँच
सुनिश्चितता |
13. |
खानेपानीको गुणस्तर अनुगमन तथा लेखाजोखाको ढाँचा
निर्माण एवं गुणस्तरको मापदण्ड निर्धारण र कार्यान्वयन |
सम्पर्क
प्रदेश सरकार
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय
गण्डकी प्रदेश, पाेखरा नेपाल
ईमेल: moewrws.gandaki@gmail.com
वेबसाईट : https://moewrws.gandaki.gov.np/
माननीय मन्त्री

हरिशरण आचार्य
ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय